शेयर पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ८९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड ९६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड ५१ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७९ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १७.३८ प्रतिशतले बढेको छ।
कम्पनीले तेस्रो त्रैमाससम्म ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १९.७६ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.६८ रुपैयाँ कायम छ। अघिल्लो वर्ष ईपीएस १२.४१ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ८०.७३ गुणा रहेको छ।

