निवेदन प्राप्त नभएमा शेयर परिवर्तन गर्न मञ्जूर रहेको मानी सोही अनुसार प्रक्रिया अघि बढाइने संस्थाको भनाई छ ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीमा हाल रहेको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी संस्थापक शेयरधनीहरुको शेयर संरचना प्रचलित व्यवस्था बमोजिम कायम गरिने जनाएको छ ।
आफ्नो संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।

