कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको बताएका छन्।
२९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विभिन्न चुनौतीहरूका बीच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको बताए। उनले कृषक, मजदुर, उद्योगी व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको बताएका छन्।
मुलुकको व्यापार घाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै नभई भारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना रहेको उल्लेख गरे।

