
नेप्से परिसूचक ३२.३८ अंकले घटेको छ । एक दशमलव २० प्रतिशतले घटेर समग्र नेप्से परिसूचक २६५५.९४ विन्दुमा ओर्लिएको छ । पछिल्ला तीन कारोबार दिनयता निरन्तर घटिरहेको नेप्से बुधबार पनि घट्यो ।
कुल २८ कम्पनीको सेयर मूल्य बढ्यो भने २१७ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ६४ हजार १४० पटकको किनबेचबाट ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार मात्रै १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिदबिक्री भयो ।
आज सबै उपसमूहहरु घटे । निर्जीवन बिमा १२३.३२, विकास बैंक १०५.०३, होटल तथा पर्यटन ७३.११, जलविद्युत् ६२.२१ अंकले घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, विन्द्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र सिटिजन्स सुपर ३० म्युचअल फन्डका लगानीकर्ताहरुको सेयर मूल्य बढ्यो ।
कर्पोरेट विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, सानीमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक र सुपर मादि हाइड्रोपावरका लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।