जुत्ता-चप्पल र औषधी तथा मेडिकल सामाग्रीमा एमआरपी अनिवार्य

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता-चप्पल र औषधी तथा मेडिकल सामाग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ । विभागका महानिर्देशकको अध्यक्षतामा बसेको जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको बै‌ठकले उक्त वस्तुमा लेबल अनिवार्य गरेको हो ।

उक्त बैठकले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने कुराहरू माथि उल्लेखित उत्पादक संघ र आपूर्ति संघले मंगलबारको मितिदेखि सात दिनभित्र अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

विभागले बुधबार जारी गरेको विज्ञप्तिमा सात दिनभित्र कार्यान्वयन नगरे कारबाही गर्ने जनाएको छ । ‘यो सूचनाको बेवास्ता वा अटेर वा बर्खिलाप गरी लेबल बिनाका वस्तुहरू बजारमा बिक्री वितरण प्रयोजनका लागि राखिएको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही भै जाने व्यहोरा समेत सम्बन्धित सबैका लागि यो जानकारी सूचित गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

MRP is mandatory for footwear and medicines and medical supplies

नेपालको संविधानको धारा ४४ को उपभोक्ताको हकको भावना र मर्म अनुरूप एवं उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको