गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख ५ गतेका लागि आह्वान गरेको विशेष साधारणसभा स्थगित गरेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनका आधारमा कम्पनीले सभा स्थगित गर्ने निर्णय लिएको हो ।
कम्पनीका अनुसार प्राधिकरणको नियमन महाशाखाबाट वैशाख २ गते प्राप्त पत्रअनुसार सभास्थगन गर्न सूचित गरिएपछि वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा स्थगन गर्ने निर्णय गरेको हो । यसअघि गार्डियनले १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्तावसहित विशेष साधारणसभा बोलाएको थियो ।

