सुनको मूल्य तोलामा तीन हजार ६ सयले बढ्यो

सुनको मूल्य तोलाको रु. एक लाख ९० हजार ६ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला  एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा  तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु. पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको