नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” बाट सम्मानित भएको छ ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कूमार तिवारी र प्रमूख संचालन अधिकृत, श्री विकास आनन्दलाई प्रा.डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष श्री मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए ।
नेपाली कर्पोरट र सामाजिक क्षेत्रमा बर्षौदेखि गरेको महत्वपूर्ण योगदान गरेका संस्थाहरुलाई प्रदान गरिदै आएको छ ।
उक्त कार्यक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय श्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

