बीमा प्राधिकरणकाे अध्यक्षमा शरद ओझा नियुक्त

बीमा प्राधिकरण अध्यक्षमा  शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।

ओझाले आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा काम गरेका छन्।  ओझा अध्यापन र वकालतमा पनि स‌लग्न  छन् ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको