
नेप्सेमा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सुचिकृत भएको हो । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता शेयर सूचिकृत भएको हो भने हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनश शेयर वापत ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता शेयर सूचिकृत भएको हो । यी कम्पनीको शेयर अब दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।