भक्तपुरमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।  दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीको ठक्करबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट लगिएको थियो । उपचारका क्रममा दिउँसो २ बजेर २५ मिनेटको समयमा चिकित्सकले उनको मृत्यु घोषणा गरेको हो ।

उक्त गाडीका चालक भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ५४ वर्षीय इन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको