पियोर इनर्जीले आईपीओ निष्कासन गर्न पायो स्वीकृति

पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट शुक्रवार (आज) स्वीकृति पाएको हो ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ । यससँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ ।

दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गरिनेछ । त्यसपछि सर्वसाधारणको लागि आईपीओ जारी गरिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको