चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावर कम्पनीले ७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यस कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको प्रशासनिक खर्च ५९ लाख ३९ हजार रुपैयाँबाट घटेर ३२ लाख ३१ हजार रुपैयाँमा झरेको छ । यसले गर्दा कम्पनीको नाफा बढाउन सहयोग पुगेको हो । यता, कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने सामान्य घटेको छ ।
गत वर्ष ११ करोड ९५ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीको अहिले घटेर ११ करोड ९० लाख रुपैयाँमा झरेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९३ करोड ३९ लाख रुपैयाँ रहेको छ । रटिेन्ड अर्निङमा १० करोड ७४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ २३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५१ पैसा छ ।

