सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको