तारागाँउ रिजेन्सी होटल्सको नाफामा सुधार

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत धेरै हो । गत वर्ष यो यसले १८ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन आम्दानी ८.८२ प्रतिशतले बढ्दा नाफामा सुधार आएको हो ।

गत वर्ष ६३ करोड ८५ लाख रहेको सञ्चालन आम्दानी अहिले बढेर ६९ करोड ४८ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको तारागाँउको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ९.५२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५६.४८ रुपैयाँ छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको