इमर्जिङ्ग नेपाल लिमिटेडको विशेष साधारणसभा आज लिसरा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष लालमणि जोशीको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारणसभाले कम्पनीको प्रबन्धपत्रको दफा ८ (ख) मा उल्लेख भए अनुसार शेयर स्वामित्व अनुपात परिवर्तनको निर्णय गर्ने प्रस्ताव पारित गरेको छ ।

