महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आइपुगेकी छन् ।

यही महिनादेखि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो काठमाडौंमा हुने इन्टरनेसनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आएकी हुन् ।

युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको