शुक्रबारदेखि ‘नेपाल एग्रीटेक फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ हुँदै

‘सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ यही फागुन २, ३ र ४ गते काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छन् ।

कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेको हो ।

यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको