एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर डिम्याट खातामा जम्मा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडद्धारा घोािषत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको ५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बखत सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको हो ।

पुस १२ गते सम्पन्न भएको कम्पनीको साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।

बोनस सेयर माघ २८ गते सूचीकरण भई सोही दिनदेखि नै डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने अभौतिकीकरण भएपश्चात जम्मा गरिने समेत कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको