विशाल बजार कम्पनी लिमिटेडले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने घोषणा गरेकाे छ । अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ ।
कम्पनीले ५ वर्षको साधारण सभा एकैपटक डाकेको छ । साधारण सभा आगामी फागुन २८ गते आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।

