गार्डियन माइक्रो लाइफको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ।

गार्डियन माइक्रो लाइफको सञ्चालक समितिले एनआईएमबी एस क्यापिटललाई शेयर रजिस्ट्रारका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।

अब गार्डियन माइक्रो लाइफको रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबी एस क्यापिटलले गर्नेछ। जसअनुसार एनआईएमबी एस क्यापिटलले गार्डियन माइक्रो लाइफको धितोपत्र कारोबारसम्बन्धी शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने र अन्य शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको