एलआईसी नेपालको अवितरित हकप्रद शेयर लिलाम बिक्री खुला

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको थियो जसमा बिक्री नभएको ४ लाख ९२ हजार ५७७ कित्ता लिलाममार्फत बिक्री गर्न लागेको हो ।

शेयर खरिदका इच्छुक व्यक्तिहरू, कम्पनीहरू र संघसंस्थाहरूले आज देखि फागुन ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यस अवधिमा न्यूनतम १०० कित्ता र अधिकतममा कुनै पनि हद तोकिएको छैन ।

पहिले कम्पनीले हकप्रदको आवेदनको म्याद पुस २ गतेसम्म राखेको थियो तर पर्याप्त आवेदन नपरेपछि म्याद थपेर पुस १७ गतेसम्म आवेदनको अवधि तय गरिएको थियो। थपिएको समयमा पनि आवेदन प्राप्त नहुँदा, अब कम्पनीले उक्त अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्ने निर्णय गरेको हो।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हकप्रद शेयरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सको कार्यालय पुतलीसडकसहित वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत र धनगढी शाखामा बोलपत्र आवेदन बुझाउन तथा  फाराम जम्मा गर्न भनिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको