नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद जारी गर्ने

नेको कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका  ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रिय कार्यालय ,सानिमा क्यापिटल,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

कम्पनीले न्यूनतम पूँजी कायम गर्न र कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको