केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले कम्पनीको पूँजी संरचना अनुसार आईपीओ निष्कासन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको