दुई कम्पनीले पाए साधारण शेयर निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले माघ ३ गते ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ।

ओम मेगाश्री फार्मास्युटिकल्सले १८ लाख कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीले १८ करोड रुपैयाँ बराबरको शेयर जारी गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहनेछ।

साथै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका २२ करोड ५० लाख रुपैयाँ दरका कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासन गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको