साना तथा मझौला कम्पनीलाई आइपीओ ल्याउने बाटो खुला

नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१” लागू गरेको छ। नेपाल सरकारले स्वीकृत गरेसँगै २०८१ साल माघ ३ गतेदेखि यो नियमावली लागू गरिएको धितोपत्र बोर्डले जनाएको छ।

यस नियमावलीअनुसार, न्यूनतम २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयरको सार्वजनिक निष्कासन गर्न सक्नेछन्। सार्वजनिक निष्कासन हुने शेयरको ५ प्रतिशत बिक्री प्रबन्धकले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नु पर्नेछ र यी शेयरहरूलाई ३ वर्षसम्म बिक्री गर्न पाइनेछैन।

पब्लिक कम्पनी बनेको १ वर्षमै शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ भने, रेटिंग अनिवार्य नगरेको भए पनि बोर्डले चाहदा रेटिंगको लागि निर्देशन दिन सक्नेछ। यो नियमावली लागू भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई समेत कार्यान्वयनका लागि पत्राचार गरिएको बोर्डले जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको