इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको लक इन अवधि आउदो फागुन ३ गतेबाट सकिँदै छ ।
हाल कम्पनीको संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारी तर्फको ११ हजार ११२ कित्ता शेयर लक इनमा रहेको छ ।
लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले २०७८ साल फागुन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।
यसरी सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीको शेयर लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

