गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे आईपीओमा पहिलाे दिन नै ३.४३ गुणा बढी आवेदन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे आईपीओमा पहिलाे दिन नै ३.४३ गुणा बढि आवेदन परेकाे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ ४ लाख ४५ हजार ५६९ जनाले माग गरेका छन्।

सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीकाे ६३ लाख ३० हजार ८०० कित्ता शेयरका लागि आवेदन परेकाे छ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको