बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार केसी चयन भएका छन् । अमरबहादुर थापा उपाध्यक्ष, लक्ष्मणप्रसाद रिमाल महासचिव, सरोज खनाल सचिव, शिवा थापा कोषाध्यक्ष पदमा चयन भएका छन् ।

सभाले चुडामणी देवकोटा, डा.प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुङ्गाना र सज्जनवर सिंह थापालाई सदस्यमा चयन गरेको छ । यसअघि संस्थाको अध्यक्ष पदमा मधुसुदन पौडेलले सम्हाल्दै आएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको