कुमारी बैंकले लाभांश वितरण नगर्ने

कुमारी बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ । बैंकको साधारण सभाको मिति भने तोकिएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको