‘बजाज फाइनान्स मेला २०२४’ हुँदै

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० देखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष ‘बजाज फाइनान्स मेला २०२४’ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकलाई बजाज मोटरसाइकल खरीद गर्न थप सहज बनाउने उद्देश्य राखेको बताइएको छ ।

फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महीनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुने बताइएको छ । प्रत्येक खरीदमा ग्राहकले नि:शुल्क एक्सेसरीसमेत प्राप्त गर्नेछन् ।

बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताए । बजाज मोटरसाइकलका ग्राहकका लागि फाइनान्स मेला एक सुनौलो अवसर हुने उनको भनाइ छ । कार्यक्रममा सहभागी भई यी विशेष अफरको लाभ उठाउन ग्राहकलाई कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको