पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको