सुदूरपश्चिमले कर्णालीलाई हराएसँगै प्लेअफ समिकरण पूरा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समिकरण पूरा भएको छ। सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो ।

लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो। चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो ।

८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो। यसअघि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स अन्तिम खेल खेल्नुअघि नै बाहिरिएका थिए ।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन् ।

बुधबार विहान इलिमिनेटर र दिउँस पहिलो क्वालिफायर हुनेछ । इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ ।

दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल शनिबार हुनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको