उपकार लघुवित्तको साधारण सभा पुस २४ गते, मर्जरमा जाने मुख्य प्रस्ताव

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २४ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।

उक्त सभा बाँकेमा रहेको होटल सेन्टर प्लाजामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने÷ गाभ्ने, प्राप्ती एक्विजिसन तथा सम्बन्धि प्रक्रिया अगाडी बढाउन समितिलाई अख्तियारी प्रदान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने  र आव २०८१/२०८२ को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको