विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेको हो । यद्यपि, काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गर्न भने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।

