कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच आज एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता बमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्दै, यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।

