तारागाउँ रिजेन्सीले डाक्यो साधारण सभा

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षका मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले पुस २४ गते, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाँमा २८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ सञ्चालकको नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको