नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

नेपाल एसबिआई बैंक र पोखरामा रहेको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप(नेपाल)प्रालिबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमूख,मिन बहादूर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत,अनिल ओदूभिलबीच सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्ंचालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यस सम्झौताबाट ग्राहकवर्गले बैंकको  कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको