नबिल बैंकको ४० औं साधारण सभा सम्पन्न

नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४० औं वार्षिक साधारण सभाले सेयरधनीका लागि प्रस्तावित नगद लाभांश पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि आज नै लाभांश वापतकाे रकम बैंकले शेयरधनीकाे खातामा पठाएकाे हाे । मंसिर ९ गतेभित्र भित्रै शेयरधनी बनिसकेकाले उक्त लाभांश पाएका हुन ।

साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको  प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंकले समुन्नत देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतकाविभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तर दायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताए ।

नबिलले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, सेयरधनीहरूले बैंकमा सुरु लगानी गर्दाको स्थापनाकालको चुक्तापुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको