मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारण सभा बोलायो, छैन लाभांश

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ । सभा सुर्य इभेन्ट काठमाडौं जिल्ला का.म.न.पा धुम्बारही आनन्दनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

साथै साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियामावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावलीमा संशोधन एंवम परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा पुस ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको