मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२८६ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको