काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको मङ्सिर १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ।
कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।यससंगै पुस १० गते सम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

