रिलायबल समृद्धि योजना सञ्चालनमा आउने, बोर्डसँग माग्यो अनुमति

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडले  रिलायबल समृद्धि योजना सञ्चालन गर्ने भएको छ ।

रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब  बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलले नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको छ ।

कम्पनीले मङ्सिर १२ गते प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडले नै पूरा गर्नेछ ।  यो बन्दमूखी योजना हो ।

हाल धितोपत्र बोर्डमा रिलायबल समृद्धि योजना सँगै अन्य १० योजना सञ्चालन अनुमतिको पर्खाइमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको