नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, ८ कम्पनीमा सकारात्मक सर्किट

साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात ३९.७० अंकले बढेर २ हजार ७५६.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६९ प्रतिशतले बढेर ४८०.९० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

गत कारोबार दिन अर्थात् मंगलबार ७ अर्ब ४४ करोडको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ८७ करोड रूपैयाँ वृद्धि भएको हो।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात ९.२७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत,विकास बैंक ३.१८, होट।ल १.३६,हाईड्रो १.४६, लगानी ०.७१,जीवन बीमा २.८१,उत्पादन तथा प्रशोधन ०.६३,लघुवित्त ०.९०,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशतले बढ्यो ।  आज घट्ने एउटा मात्रै समूहको रुपमा फाइनान्स समूह रह्यो । यो समूह आज ०.४७ प्रतिशतले घट्यो ।

यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३४ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सामान्य घटेको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको