लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।
लगानीकर्ताले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रधान कार्यालय र सम्पूर्ण शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।
यो हकप्रद खरिदका लागि आगामी पुस २ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।