हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड १३औं वार्षिक साधारणसभा बस्ने भएको छ । संस्थाको मंसिर ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले मंसिर २७ गते बागेगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै,अन्य लघुवित्तसँग गाभ्नेगाभिने वा प्राप्ति गर्न संस्थाको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रम तोक्ने तथा सोसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि लघुवित्तले मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १५ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा सहभागी बन्न पाउनेछन् ।