साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४ दशमलव ९८ अंकले बढेर २ हजार ७५३ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।
आइतबार ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १४५ कम्पनीको शेयरमूल्य बढेको छ भने ९२ वटा कम्पनीको घटेको छ । त्यस्तै ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
आइतबार उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोगरी ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा ङादी ग्रप पावर कम्पनी रहेको छ । उक्त कम्पनीको ४५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

