धितोपत्र बोर्डको अध्यक्ष आकांक्षी आवेदकलाई अन्तरवार्तामा बोलाईयो

धितोपत्र बजारको नियामनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन जना आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । उक्त पदको लागि छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई बोलाइएको हो ।

व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवाताको लागि मङ्सिर ९ गते बिहान ८ बजे बोलाइएको हो । यस अघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

यस अघि सर्टलिस्टमा परेर पनि अन्तरवार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका उत तीन जना उम्मेद्वारलाई फेरि कार्यप्रस्तुति तथा अन्तरवार्ताका लागि बोलाइएको हाे  ।

अर्थ मन्त्रालयले विशेष कारणवश अन्तरवार्ता रोकिएकाे थियो । अध्यक्षको नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका अर्का उम्मेद्वार सन्तोषनारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

सर्वोच्च अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न उक्त तीन जना उम्मेद्वारलाई अन्तरवार्ताका लागि बोलाएको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको