कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।

बुधवार सम्पन्न सम्झौतामा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायत पदाधिकारी र लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लघुवित्तले लघु व्यवसायका लागि सदस्यलाई विनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रतिव्यक्ति रू. १० लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रतिव्यक्ति रू. २० लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने बताइएको छ । कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असुल हुन नसकेमा संस्थाले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने बताइएको छ ।

यसरी सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शून्य दशमलव ८ प्रतिशत रहेको छ, जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको