नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन बमोजिम बक्यौता रकम उठाउने बताएका छन् ।
डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक भएपछि उनले आज (बुधवार) पत्रकार सम्मेलन आयोजना गरी यस्तो बताएका हुन् ।
उनले बक्यौता रकम उठाउनुमा आफ्नो कुनै स्वार्थ नभएको प्रष्ट पारे । ‘राजस्व उठाउने उद्देश्यबाहेक आफ्नो कुनै स्वार्थ नभएको प्रष्ट पार्न चाहान्छु,’ उनले भने ।
डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि सरकारले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगको प्रतिवेदन हालै सार्वजनिक भएको छ ।